अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास भइरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनु भएको छ ।

नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गएको वर्षदेखि अर्थतन्त्र संकटमा जाने लागेको भनेर त्रास  सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताउनुभएको हो । 

कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उहाँको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button