आईपीएल क्रिकेटको ईलिमिनेटरमा आज मुम्बई र लखनउ खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

आजको विजेताले फाइनलमा पुग्न हिजो भएको पहिलो क्वालिफायरमा पराजित टोली गुजरात टाईटन्ससँग शुक्रवार खेल्नेछ ।

दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल आइतवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button