अछाममा “आँखिझ्याल” पुस्तक बिमोचन

मँसिर ३०, अछाम । कर्मचारी संगमको प्रकाशन आँखिझ्याल नामक पुस्तक आज विमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति स्मारिकास्थलमा जिल्ला समन्वय समितिका प्रमुख नरबबहादुर कुँवरले पुस्तकको विमोचन गर्नुभयो ।

विमोचनका क्रममा कुँवरले आँखिझ्याल पुस्तक अछामका लागि महत्त्वपूर्ण दस्तावेज भएको भनाइ राख्नुभयो । कर्मचारी संगम अछामका अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पुस्तकका बारेमा जानकारी गराउनु भएको थियो ।

पुस्तकमा विभिन्न क्षेत्रका २१ लेख र फोटोहरू प्रकाशित गरिएका छन् । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख चुडामणि पराजुली, पत्रकार शिवराज ढुंगानाले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र सामाजिक कार्यालय प्रमुख नयाँ आएको भन्दै स्वागत गरिएको थियो ।

संगमका उपाध्यक्ष खड्गबहादुर विष्टको स्वागत मन्तव्यबाट शूरू भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष देवसिंह बडालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button