सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंह चढेको गाडी बझाङमा दुर्घटना, ६ जना घाइते

बझाङ – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङकाे केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

धनगढीबाट बझाङका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको गाडी  केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेकाे हाे  । 

दुर्घटनामा मन्त्री सिंहसँगै उहाँकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ । घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ । उज्जालाेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button