सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक अभिमुखिकरण मंगलसेन १ मा सम्पन्न

सामुदायिक सिकाई केन्द्रको उपयोगिता विषयक १ दिने अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिका १ को सुवाखाँदमा  सम्पन्न भएको छ ।  मालिका सामुदायिक सिकाई केन्द्र कुन्तिवण्डालीको आयोजनामा कार्यक्रम भएको हो ।

वडामामा संचालित सामुदायिक सिकाई केन्द्रको उपयोगिताबारे जानकारी गराउँने, सिकाई केन्द्रको महत्व र यसबाट गर्न सकिने काम कार्यबाट समुदायलाई हुने फाईदा र परिमार्जित निर्देशिकाबारे प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा वडानम्वर १ का अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नाथले सिकाई केन्द्रलाई चलायमान र प्रभावकारी वनाउँन वडाको तर्फबाट सक्दो पहल गर्ने बताउँनुभयो । केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाईमा जोड दिईनुपर्ने भन्दै उहाँले सिकाई केन्द्रले सक्रियता बढाएमा श्रोतको लागि कमि नहुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button