करार संर्घष समितिद्धारा बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र

साउन १९, अछाम : करार संर्घष समिती रामारोशनले बिभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि करार संर्घष समितिले रामारोशन गाउँपालिकाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष सिर्जना देवि बुढालाई ज्ञापनपत्र बुझाएको हो ।

पालिकामा कार्यरत करार कर्मचारिका विरुद्धभएको अन्याय र ज्याजदिका विरुद्धमा बिभिन्न आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष बुढालाई ज्ञापनपत्र पेश गरिएको छ ।

ज्ञापनपत्रमा रामारोशन गाउँपालिकामा बिगत लामो समय देखि बिभिन्न कठिन अवस्था कोरोना माहामारी, बाढी पहिरो तथा अन्य कर्मचारी अभाव भएको अवस्थामा समेत करार कर्मचारीहरुले सेवा प्रदान गर्दापनि रामारोशन गाउँपालिकाको कार्यापालिकाको निर्णय अनुसार पालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुको खाईपाई आएको तलब घटाउने निर्मम र अन्यायपूर्ण निर्णय गरेको भन्दै पालिकालाई ज्ञापनपत्र बुझाएर ध्यानआर्कषण गराएको छ ।

साथै कर्मचारीहरुले खाईपाई आएको तलब घटाईएको निर्णय तत्काल फिर्ता लिन र नेपाल सरकारले तोकेको आधारभुत तलबको व्यवस्था गर्न आग्रह गरिएको छ भने निर्णण नसच्याईएको खण्डमा बिभिन्न संघर्षका कार्यक्रमहरु गर्ने घोषणा समेत गरेका छन् ।

मागहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button