करार कर्मचारिहरुको तलव घटाउने निर्णयप्रति नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) रामारोशनको विरोद

साउन १९, अछाम : नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामती) रामारोशन गाउँपालिका कमिटीले पालिकाले करार कर्मचारिहरुको तलव घटाउने निर्णय निर्णय प्रति आपत्ति जनाएको छ ।

पालिकामा कार्यरत करार कर्मचारिहरुको समर्थन गर्दै तलव नघटाउन माग गर्दै विग्ज्ञप्ती जारि गरेको हो ।

संगठनका पालिका अध्यक्ष दिपक खनाल र सचिव बम बहादुर साउँदद्धारा हस्ताक्षर गरिएको विग्ज्ञप्तीमा करार कर्मचारिहरुको तलव घटाएमा बिभिन्न आन्दोदनका कार्यक्रहरु गर्नुका साथै समर्थन गर्ने उल्लेख गरिएको छ ।

यस्तै पालिकामा कार्यरत करार कर्मचारिका विरुद्धभएको अन्याय र ज्याजतिका विरुद्धमा बिभिन्न आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष बुढालाई ज्ञापनपत्र पेश गरिएको छ ।

ज्ञापनपत्रमा रामारोशन गाउँपालिकामा बिगत लामो समय देखि बिभिन्न कठिन अवस्था कोरोना माहामारी, बाढी पहिरो तथा अन्य कर्मचारी अभाव भएको अवस्थामा समेत करार कर्मचारीहरुले सेवा प्रदान गर्दापनि रामारोशन गाउँपालिकाको कार्यापालिकाको निर्णय अनुसार पालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुको खाईपाई आएको तलब घटाउने निर्मम र अन्यायपूर्ण निर्णय गरेको भन्दै पालिकालाई ज्ञापनपत्र बुझाएर ध्यानआर्कषण गराएको छ ।

साथै कर्मचारीहरुले खाईपाई आएको तलब घटाईएको निर्णय तत्काल फिर्ता लिन र नेपाल सरकारले तोकेको आधारभुत तलबको व्यवस्था गर्न आग्रह गरिएको छ

साथै श्रमजिवी कर्मचारी माथी भएको अन्याय र दमनका बिरुद्ध सम्पुर्ण कर्मचारीहरुलाई एकजुट हुन समेत अपिल समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button