
“मनका लहर” साहित्य मञ्च भारतले महफिलको तेस्रो शृङ्खला आयोजना गर्दै
भारत : मनका लहर साहित्य मञ्च भारतले महफिलको तेस्रो शृङ्खला भारत को गुजरात राज्य को सुरतमा सञ्चालन गर्ने भएको छ।।
“साहित्य सृजना को उत्थान हाम्रो प्रयास” भन्ने मुल नाराका साथ, मनका लहर साहित्य मञ्च भारतले महफिलको तेस्रो शृङ्खला भारत को गुजरात राज्य को सुरतमा सञ्चालन गर्ने भएको छ।

यसै क्रममा नेपाली भाषा कला, साहित्य र संस्कृतिको संरक्षण एवम् संम्बद्धन गर्दै आएको मनका लहर साहित्य मञ्च भारतले बताए को छ । हाल सम्म मुम्बईमा महफिलका दुईवटा शृङ्खला पनि सम्पन्न गरेको थियो ।

जसमा पहिलो शृङ्खला अछाम जिल्लामा जन्मिएका चर्चित तथा लोकप्रिय गजलकार कमल सङ्गर्ष सँगै उहाँको बिगत १ बर्ष अगाडि प्रकाशित भएको गजल सङ्ग्रह खुडी परिचर्चा तथा सम्मान कार्यक्रम मुम्बइको साएन क्यफे स्तामा महफिल कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियोे।
दोस्रो शृङ्खला पनि मुम्बई साएनमा सम्पन्न गरिएको थियोे दोस्रो शृङ्खला मा भने भारतको तीनवटा राज्यबाट तीनवटा गजलकार हरू लाई राखेर कार्यक्रम सम्पन्न गरिएको थियोे ।
जसमा गजलकारहरू
सन्तोष उदासी ब्याङ्लोर बाट
डन्डी अल्पविराम गुजरात बाट
चन्द्रमणी खनाल मुम्बई महाराष्ट्र बाट
गरेर तीन जनालाई स्टेज दिईएको र कार्यक्रम मा अन्य साहित्य प्रेमि साथीहरू को बाक्लो उपस्थिति रहेको ।
मनका लहर साहित्य मञ्चका संस्थापक अध्यक्ष सागर विश्वकर्मा ले जानकारी दिएका छन् । अब को तेस्रो शृङ्खला भने गुजरात राज्यको सुरतमा आयोजना भैरहेको आयोजक टिमले जानकारी दिएको छ।
जन्मभूमि नेपालमा भएपनि कर्मभूमि भारत भएकाले आफ्नै ठाउँवाट हामीले हाम्रा मौलिक कला,साहित्य र संस्कृतिहरुको जर्गेना गर्नुपर्छ भनेर मनका लहर साहित्य मञ्च को स्थापना गरेका हौं उनले भने ।
नेपाली प्रवासी श्रष्टाहरू एकठाउँमा जम्मा भएर दुःख सुःख साटासाट गर्दै कार्यक्रमहरु गरिरहेको अध्यक्ष विश्वकर्मा ले बताए । महफिल विशेष कार्यक्रममा यसपालि आफ्नो प्रस्तुति लिएर भारत भ्रमणमा रहेका नेपाल झापा दमक का अत्यन्तै लोकप्रिय तथा चर्चित गजलकार लोकेन्द्र बञ्जारा पनि सहभागी हुने भएका छन् ।
नेपालवाट चर्चित गजलकार बञ्जारा सँगै भारत मा बसेर लामो समय देखि नेपाली गजल लाई राम्रो लेख लेखिरहेका अन्य तीनजना गजलकारहरुको पनि प्रस्तुति रहने आयोजक मनका लहरसाहित्य मञ्च भारतले जनाएको छ ।
तेस्रो शृङ्खला
गुजरात महफिल शृङ्खला ३ रहेको छ
मनका लहर साहित्य मञ्च आयोजक
रेडियो सोसाइटी एफएम
रेडियो K BM एफएम
गोवा नेपाली टिभी
मिडिया पार्टनर मा रहेकाछन् भने
यसपटक चार जना गजलकारहरूलाई एउटै स्टेजमा सुन्ने वातावरण बनाउने कोसिस गरिएको छ।
भारत बाट पनि तीनजना गजलकारहरू अलगअलग ठाउँबाट रहेको कार्यक्रम संयोजक खेमराज अविरल ले जानकारी दिएका छन्।
जसमा
दीर्घराज प्रियसी मुम्बई महाराष्ट्र बाट
लक्ष्मण ‘मिलन’ विष्ट नवि मुम्बई बाट
सुरत ‘सम्राट’ राजस्थान बाट
कार्यक्रम यहीँ मिति २४सेप्टेम्बर २०२३ मा सरदार पटेल स्मृति भवन वराछा रोड सुरत गुजरातमा हुनेछ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सबैलाई सक्रिय सहभागिताका लागि आयोजकले निमन्त्रणा गरेको छ । सो कार्यक्रममा मदिरा सेवन गरेर जान निषेद गरिएको छ ।।