भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डाै – आज बसेकाे मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेकाे आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुकाे नि:शुल्क उपचार गर्ने निर्णय गरेकाे हाे । 

तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुकाे लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौलगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयाे । 

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो उज्यालाेबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button