स्व वीरेन्द्रको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख रुपैयाँ राहत दिने

मंगलसेन – बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन् । गाउँपालिकाले बिहीबार शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताउनुभयाे ।

उनका अनुसार बिहीबार गाउँपालिकाभित्रका शैक्षिक संस्था , सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ । शाहको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रबार मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button