सुदूरपश्चिममा गत वर्ष आइलागेको विपदबाट १० जना बेपत्ता

धनगढीः राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुदूरपश्चिममा गत वर्ष १० जना बेपत्ता भएका छन्।

बाढी, पहिरो, हावाहुरी, आगलागी, चट्याङ तथा भूकम्प लगायतका घटनाबाट ठूलो धनजनको क्षति पुगेको प्राधिकरणको तथ्यांक छ। प्राकृतिक प्रकोपजन्य घटनाबाट ५० जनाको मृत्यु भएको छ।

साथै ती घटनाबाट ९२ परिवार विस्ताविपत भएको समेत पाइएको छ। प्राकृतिक विपदका घटनाबाट ७ सय ११ परिवार प्रभावित बन्न पुगेको प्राधिकरणको तथ्यांक छ।

प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न नसकिए पनि अपेक्षित रूपमा पूर्वसावधानी अपनाउन नसक्दा मृत्युका यस्ता घटनाहरू प्रत्येक वर्ष पुनरावृत्ति भइरहेको राष्ट्रिय मावन अधिकार आयोगको ठहर छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राकृतिक प्रकोपजन्य घटनाका कारण ज्यान गुमाउने सङ्ख्यामा कमी आउन नसकेको तथ्याङ्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button