करेन्ट लागेर एक जनाको मृत्यु, एक घाईते

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो।

करेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button