सुदूरपश्चिमा नयाँ कुष्ठरोगीको संख्या बढ्दै

धनगढीः आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार सुदूरपश्चिममा २३० जना नयाँ  कुष्ठरोगी पत्ता लागेका छन्।

कैलालीमा १४९, कञ्चनपुरमा ४३ र अछाममा २२ जना कुष्ठ रोगी फेला परेका हुन्। त्यस्तै, बझाङमा ५, बैतडीमा ४, डोटीमा ३, दार्चुलामा २ र बाजुरा तथा डडेल्धुरामा १/१ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरभित्र ८७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् भने कैलारी गाउँपालिकाभित्र २२ जना नयाँ बिरामी पत्ता लागेका छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरभित्र १९ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९/८० को अन्तसम्म सुदूरपश्चिममा २७९ जना कुष्ठरोगी रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। जसमध्ये कैलालीमा १९३, कञ्चनपुरमा ४५, अछाममा २२ जना र बाँकी अन्य जिल्लाका बिरामी हुन्। सुदूरपश्चिममा गत वर्ष नयाँ पत्ता लागेका बिरामीमध्ये १४ जना बालबालिका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button