मंगलसेन– १२ का ९८ जना जेष्ठ नागरिकलाई सम्मान

अछाम : मंगलसेन नगरपालिका वडा नम्वर १२ ले वडाका ९८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।


जेष्ठ नागरिकहरुले समाज निर्माणमा पुर्याएको योगदान स्वरुप जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्दै सम्मान गरिएको हो ।
वडाका ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष खगेन्द्र बहादुर रावलले जानकारि दिनुभएको छ ।


सम्मान तथा कम्बल वितरण कार्यक्रममा बोल्दै वडा न १२ का अध्यक्ष खगेन्द्र बहादुर रावलले चिसो मौसममा जेष्ठ नागरिकहरु बढि प्रभावित हुने भएकाले चिसो बाट जोगाउन र हाम्रा लागि स्थानीय सरकार छ भन्ने भावनाको विकास गराउने उदेश्यले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताउनुभयो ।


वडाका नागरिकको सहजताका लागि वडा सरकार आगामी दिनमा यस्ता रचनात्मक कामहरु गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।


आफ्नो वडामा जनप्रतिनिधि र कर्मचारी विच वडामा हुने हरेक गतिविधिमा एकता हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।


वडाको सामग्र विकासका लागि जनप्रतिनिधिको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले स्थानीय सबै सरोकारवालाले सहयो गर्न आग्रह गर्नुभयो ।


जेष्ठ नागरिक सम्मान कार्यक्रममा निर्वतमान वडा अध्यक्ष प्रेम बहादुर रावल, राजनितीक दलका प्रतिनिध, स्थानिय संगै जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button