अछाममा थप १२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

पौष, ३ अछाम

अछाममा आज १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कमल बजार पिसीआर प्रयोगशालामा गरीको परीक्षणमा पछिल्लो २४ घण्टामा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कमल बजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो । आज कोरोना पुष्टि हुनेमा ९जना पुरुष र ३ जना महिला रहेका छन् ।

कमलबजार पिसीआर प्रयोगशालाका सूचना अधिकारी विष्टका अनुसार बान्दिगढी जय गढ गाउँपालाका विभिन्न वडाका ३२,४०, ५६, ५२, २७, ६०, २५,४५, २५,३०, २६, ३९ वर्षका गरि महिला पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कमल बजार पिसिआर परीक्षण प्रयोगशालाले दिएको जानकारी अनुसार २ ओटा स्थानियतहका नागरीकाको मात्रै कोरोना परिक्षण गरिएको थियो ।

कमलबजार नगरपालिकाका ९ र बान्निगढी जयगढगाउँपालिकाका ३० जना गरी ३९ जनाको कोरोना परिक्षण गरिएको थियो ।

कमलबजार पिसीआर परीक्षण प्रयोगशालामा ३३ सय ६७ जनामा कोरोना परीक्षण गर्दा हालसम्म ५३० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button