अछामको चाफामाण्डौमा नारी दिवस मनाईयो

अछाम : रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौमा नारी दिवसको अवशरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुलानाराका साथ १ सय १४ औं अन्तराट्रिय महिला दिवस मनाईएको हो ।


महिला संजालका अध्यक्ष जानकि रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामारोशन गाउँपालिका उपाध्यक्ष सिर्जना देवि बुढा रहनुभएको थियो ।

यस्तै बिशिस्ट अतिथि वडा अध्यक्ष मीन बहादुर परियार, नेकपा एमालेका प्रदेश कमिटी सदस्य चक्र बहादुर रावल, नेकपा माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य पहल साउद सन्तोष रहनुभएको थियो ।

यस्तै कार्यक्रममा रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभु नाथ देवकोटा, नेरा मावीका प्रधानाध्यापक मनोज रावल, कार्यपालिका सदस्य शंकर बिक, शुसिला रावल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवशरमा विभिन्न जनचेतनामुलक सास्कृतिक प्रश्तुती समेत पर्दसन गरिएका रुपक परियारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button