सुदूरपश्चिमका सबै प्रहरी कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

२०७७ पुष ५,

धनगढीः मन्त्रीपरिषद्को संसद विघटनको सिफारिसपछि सुदूरपश्चिमका सबै प्रहरी कार्यालयहरुलाई ‘हाइअलर्ट’ मा रहन निर्देशन दिइएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी सहित मताहतका सबै कार्यालयलाई आकस्मिक सर्कुलर जारी गर्दै उच्च सर्तकता अपनाउन निर्देशन दिएको हो। 

 ‘देशमा विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै प्रहरी कार्यालयलाई उच्च सर्तकता अपनाउन निर्देशन दिइएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दिनेशखबरसँग भने। 

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आकस्मिक रुपमा सुरक्षा सर्तकता बढाउन दिएको निर्देशनअनुसार प्रदेश प्रहरी कार्यालयले पनि मातहतका कार्यालयलाई आकस्मिक सर्कुलर गरिएको जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button