कोरोनाका कारण विदेशमा थप ११ जना नेपालीको ज्यान गयो

  पुस ५, २०७७ आइतबार 

काठमाण्डौ – कोरोनाको सङ्क्रमणबाट  विदेशमा थप ११ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो दुई हप्तामा यूएईमा मात्र थप ८ जना नेपालीको ज्यान गएको छ । 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । ती मध्ये  ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।  

यो कुल सङ्क्रमितको ९४  प्रतिशत रहेको हो । शनिबार साँझसम्म विश्वका विभिन्न २१ देशमा रहेका ३ सय १२ जनाको कोरोना सङ्क्रमणका कारणले ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो । 

सापकोटाका अनुसार यो हप्ता मलेसिया, भारत, कतार,  यूएई, नाइजेरिया, दक्षिण अफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button