पाैष ५ अछाम
साँफेबगर युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा आज राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले साँफेबगरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
पुत्ला जलाउने क्रममा केहीबेर प्रहरीसँग तनाव भएको भएको थियो । एरर्पोट वजारस्थित वसपार्कमा पुत्ला दहन गरेका थिए ।
पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय लेखा सचिव मदन कुमार भूल रोशनले प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक ‘कू’ भएको उहाँको भनाई रहेको छ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अछाम जिल्ला संयोजक हिरण्ड कुँवरले प्रधानमन्त्री ओलीकै कारण सरकार र नेकपा बदनाम भएको बताउनुभयो । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत रहेको उहाँको भनाई रहेको छ ।
अनेरास्ववियुका जिल्ला संयोजक धुव्र्र रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताउनुभयो । विरोध सभा कार्यक्रमको सञ्चालन अनेरास्ववियुका जिल्ला सदस्य मिन बाब्लिले गर्नुभएको थियो ।