अछाम आईतवार थप १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

पौष ५ अछाम

अछाम जिल्लामा आज थप १५ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा विभिन्न स्थानीय तहका ४ जना महिला र ११ जना पुरुष गरि थप १५ जना सङ्क्रमित थपिएका हुन ।

आज जिल्लाको मंगलसेन नगरपालिकाका सबै भन्दा बढि १० जना थपिएका छन भने चौरपाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका पुरचौडी नगरपालिका, टिकापुर नगरपालिका, गेरुवा नगरपालिकाका १/१ जना कोरोनाका सङ्क्रमित थपिएका प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

कमलबजार प्रयोगशालामा पछिल्लो २४ घण्टा यता जिल्लाका विभिन्न स्थानीय तहका गरि १ सय ४३ जनाको कोरोना परिक्षण गर्दा १५ जना सङ्क्रमित थपिएका हुन ।

कमलबजार प्रयोगशालामा अहिले सम्म ३ हजार ५ सय ७० जनाको परिक्षण गरिएकोमा ५ सय ४९ जना सङ्क्रमित भएका सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button