टिकटक बनाउने क्रममा झाेलुङ्गे पुलबाट खसेर घाइते भएका युवककाे ज्यान गयाे

  पुस ६, २०७७ सोमबार

दाङ – दाङमा टिकटक भिडियाे बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको छ ।

टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाकाे ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो । गएकाे शनिबार दिउँसाे दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेकाे पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button