अछाममा थप २५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

शंकर थापा अछाम

अछाम जिल्लामा सोमबार आज थप २५ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा विभिन्न स्थानीय तहका १ जना महिला र २४ जना पुरुष गरि थप २५ जना सङ्क्रमित थपिएका हुन ।

आज जिल्लाको मंगलसेन नगरपालिकाका सबै भन्दा बढि १२ जना थपिएका छन भने रामारोशन गाउँपालिकाका ४ जना, साफेबगर नगरपालिका र ढकारी गाउँपालिकाका २/२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।

यसैबिच तुर्माखाद गाउँपालिका, पन्चदेवल बिनायक नगरपालिका, घोडाघोडी नगरपालिका, बिराटनगर उप- माहनगरपालिका र धनगढी उप- माहानगरपालिकाका समेत १/१ जनामा पनि कोरोना देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले रामारोशन टुडे लाई जानकारी दिनुभयो ।

प्रयोगशालामा पछिल्लो २४ घण्टा यता जिल्लाका विभिन्न स्थानीय तहका गरि २८ जना महिला र ८२ जना पुरुष गरि १ सय ३२ जनाको कोरोना परिक्षण गर्दा २५ जना सङ्क्रमित थपिएका हुन ।

कमलबजार प्रयोगशालामा अहिले सम्म ३ हजार ७ सय २ जनाको परिक्षण गरिएकोमा ५ सय ७४ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button