उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी सुरु

  पुस ७, २०७७ मंगलबार 

डोल्पा – दुई वर्षपछि उपल्लो डोल्पामा खाद्यान्न ढुवानी सुरु भएको छ ।

सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्वीन्टल चामल ढुवानी थालिएको छ । त्यसमध्ये ४ सय ४० क्वीन्टल चामल दुनै पुगेको र छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १ सय क्वीन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।

सदरमुकाम दुनैसम्म गाडीमार्फत र त्योभन्दामाथि खच्चडमा ढुवानी गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार झण्डै एक हजार क्वीन्टल चामल बाटोमा जाँदैछ । चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा यो वर्ष नेपाली भूमिबाट नै खाद्यान्न ढुवानी कार्य गरिएको हो । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ ।  

उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी सुरु 

दुई वर्षपछि उपल्लो डोल्पामा खाद्यान्न ढुवानी सुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्वीन्टल चामल ढुवानी थालिएको छ । त्यसमध्ये ४ सय ४० क्वीन्टल चामल दुनै पुगेको र छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १ सय क्वीन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।

सदरमुकाम दुनैसम्म गाडीमार्फत र त्योभन्दामाथि खच्चडमा ढुवानी गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार झण्डै एक हजार क्वीन्टल चामल बाटोमा जाँदैछ । चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा यो वर्ष नेपाली भूमिबाट नै खाद्यान्न ढुवानी कार्य गरिएको हो । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button