पिएम कप छनोट जितेको अछामको टोलीलाई चौरपाटी गाउँपालिका द्वारा नगद सहित सम्मान

पौष ८ अछाम : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुदूरपश्चिम छनोट जितेको अछामको टोलीलाई चौरपाटी गाउँपालिकाले सम्मान गरेको छ ।

गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रत्येक खेलाडीलाई ५-५ हजार नगद सहित सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले खेलाडीहरुलाई थप हौसला प्रदानका लागि नगद सहित सम्मान गरेका हुन । 

सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद, निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा र विभिन्न वडाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । 

यसअघि कञ्चनपुरमा भएको पिएम कप सुदूरपश्चिम छनोट प्रतियोगितामा बैतडीलाई हराउदैं अछामले उपाधी हात पारेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button