अछाममा काेराेना भाईरसबाट थप एक पुरुषकाे मृत्यु

टेकराज भण्डारी, पाैष ९, अछाम

अछाममा काेराेना भाइरस (कोभिड-१९) को कारण थप एक जनाकाे ज्यान गएकाे छ ।

जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डाैका ७४ बर्षिय पुरुषकाे काेराेना भाईरसबाट ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनाेज बिष्टले बताउनु भयाे ।

यही पाैष २ गते बयालपाटा अस्पतालमा काेराेना परिक्षणका लागि स्वाब दिएका उनकाे ६ गते काेराेना रिपोर्ट पाेजेटिभ आएकाे थियाे । कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकाे प्रयाेगशालामा परिक्षणकाे क्रममा काेराेना संक्रमण पुष्टि भएको प्रयाेगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयाे ।

पाैष ६ गते देखि जिल्ला अस्पताल अछाममा उपचाररत रहेका उहाँको बुधबार राति साढे ११ बजेतिर ज्यान गएको डाक्टर बिष्टले बताउनु भयाे ।

नियमित अक्सिजन सहित उपचारमा राखिए पनि ज्यान बचाउन नसकिएको उहाँकाे भनाइ छ । उहाँ उच्च रक्तचाप र मधुमेहकाे समेत बिरामी रहेकाे र औषधि सेवन गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । शवकाे अन्त्यस्टिकाे जिम्मेवारी नेापली सेनालाई दिईएकाे छ।

याे संगै अछाम जिल्लामा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ जना पुगेकाे छ । ४ जनाकाे यसअघि मृत्यु भैसकेको थियाे । २ जनाकाे जिल्ला अस्पतालमै ज्यान गैसकेकाे छ ।

हाल अछाममा काेराेना भाईरस संक्रमितको संख्या १६ सय २२ जना पुगेकाे छ । १३ सय ४८ जना निकाे भई घर फर्केका अछाममा हाल २ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय जिल्लामा समुदाय स्तरमा काेराेना फैलिएकाे आशंका गर्न थालिएको छ । बुधबार मात्र थप ६ जनामा काेराेना भाईरसकाे संक्रमण देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button