
कविता
२०७७ पुस १०, शुक्रबार २ः३८ pm
ऊ, उसले, उसलाई मण्डली बनायो
रैबार सुनायो
सबै सबैलाई
दायाँ बायाँ पूर्व-पश्चिम
उत्तर दक्षिण
चामल छर्कायो
छाप्री फर्कायो शरीर मर्कायो
शिव…शिव…शिव…
शक्ति…ई…ई…ई…
मामाज्यूको हुकूम् आहाज् आहाज्
तेरो रउँ जन
तगौं जन
एक्काइसको एक रउँ जन
आहाज् आहाज्
शिव…शिव…शिव…
कठै…दैन… कठइ…कठइ..
यसरी उसैलाई फेरि उसले
आखिर
मण्डली बनायो ।
– डम्बर बोगटी
मंगलसेन ‐३ अछाम
पेसा ‐ शिक्षक