उपाधि बिजेता क्रिकेट टिमलाई मेल्लेख गाउपालीकाद्धारा सम्मान

कमल रावल, पौष १० अछाम

कञ्चनपुरमा सम्पन्न प्रधानमन्त्री कप छनोट पुरुष क्रिकेट प्रतियोगितामा प्रथम हुन सफल अछामको क्रिकेट टिमलाई मेल्लेख गाउपालीकाले सम्मान सहीत नगद हस्तान्तरण गरेको छ ।

गाउपालीकाले प्रतियोगितामा समाबेश भएका १४ जना खेलाडीलाई खादा लगाएर सम्मान सहीत नगद एकुमष्ट ५६ हजार हस्तान्तरण गरेको हो ।

गाउपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ खड्काको अध्यक्षतामा भएको सम्मान तथा नगद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी गाउपालीका उपाध्यक्ष धन बहादुर शाहीले भाबि दिनमा अछाम जिल्लामा खेलाडीका लागी सुबिधा सम्पन्न खेल मैदानको आवश्यकता रहेको बताउनु भयो ।

खेलाडीको मागलाई आगामी दिनमा सम्बोधन गर्दै खेल मैदान निर्माणमा पुर्ण रुपमा सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

सम्मान सहीत नगद ग्रहण गर्दै अछाम क्रिकेट टिमका कप्तान अनिल कुवरले जिल्लाको साफेबगर, चौरपाटी र मेल्लेख गाउपालीकाको सहयोगले निकै खुशी तुल्याएको बताउनु भयो । भाबि दिनमा हरेक खेलाडीलाई सुबिधा सम्पन्न मैदानको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष नर बहादुर साउद, कार्यपालीका सदस्य विर बहादुर बोहरा, प्राबिधिक महेन्द्र प्रसाद खनाल, रोजगार शाखा संयोजक बिक्रम भण्डारी लगाएतका अतिथी रहनु भएको थियो ।

कार्यक्रमको संञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिरेन्द्र बहादुर खडकाले गर्नु भएको थियो । यस अघि उपाधि विजेता अछामको टिमलाई साफेबगर नगरपालीका, चौरपाटी गाउपालीकाले समेत सम्मान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button