प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि सुरु हुँदै

  पुस ११, २०७७ शनिबार

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

दाङको देउखुरीमा हुने प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भइसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी दिएको छ । प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् ।

समूह ‘बी’ मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button