प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफले कर्णालीलाई २ सय ४ रनले हरायो

  पुस ११, २०७७ शनिबार 

काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले कर्णाली प्रदेशलाई २ सय ४ रनले पराजित गरेको छ ।

दाङको देउखुरीमा एपीएफले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ३१ रनमात्रै बनायो । कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी करुणा भण्डारी एक्लैले ५ विकेट लिइन भने राजमती भण्डारीले २ र सोनु खड्का र रेखा रावलले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले १० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि सीता रानामगरले सर्वाधिक ६८ रन बनाइन भने सरिता मगरले ४४, ज्योती पाण्डेले ३२ र इन्दु बर्माले २२ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button