गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो

  पुस १२, २०७७ आइतबार 

गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्रीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रेसुंगा नगरपालिका १३ का २३ वर्षका बालकृष्ण भुजेल र २४ वर्षका टोपबहादुर रजाली रहनुभएको जिला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button