कञ्चनपुरमा नेकपाका २ समूहबीच हात हालाहाल, पार्टी कार्यालयमा प्रहरी परिचालन

२०७७ पुष १२

महेन्द्रनगर : कञ्चनपुरमा नेकपाका २ समूहबीच हात हालाहल भएको छ। नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो। 

ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले  ताला तोड्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो। 

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ। 

प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो। 

अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भइरहेको छ। उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button