नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९६ दशमलव ८ प्रतिशत निको

  पुस १२, २०७७ आइतबार

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण भएकामध्ये ९६ दशमलव आठ प्रतिशत निको भएका छन् ।

अहिलेसम्म दुई लाख ५८ हजार एक सय ८१ जनामा कोरोना सङ्क्रमण भएकोमा दुई लाख ४९ हजार आठ सय ६३ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा छ हजार चार सय ९३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा छ जनासहित एक हजार आठ सय २५ जनाको ज्यान गएको छ ।

यस्तै गएको २४ घण्टामा देशभर तीन हजार आठ सय २८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात सय ३१ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button