चौबीस घण्टामा ७ जनाको मृत्यु, ६५९ कोरोना संक्रमित थपिए

१३ पुष २०७७, सोमबार

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५७८ जनाको पीसीआर परीक्षण गरिएकामा ६५९ जनाको नतिजा पोजेटिभ आएको छ । 

सोही अवधीमा ७१८ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।

संक्रमितको कुल संख्या २ लाख ५८ हजार  ८४० पुगेको छ । हाल क्वारेन्टाइनमा ३६९ जना छन् भने ६ हजार ४२७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker