अछाममा छाउगोठ भत्काउन गाउँगाउँ पुगे सिडियो

पाैष, १४ अछाम : कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान अछाममा फेरि सुरु भएको छ।

सोही अभियान अन्तरगत प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय गाउँगाउँमा पुगेर छाउगोठ भत्काउन लागेका छन्। 

उपाध्यायसँगै जिल्लास्थित सुरक्षा संगठनकाका प्रमुखहरुले गाउँमा छाउगोठ खोज्दै भत्काउने गरेका छने।  

प्रमुख जिल्ला अधिकारीको टिमले चौरपाटी गाउँपालिका–२ को सोकट गाउँमा पुगेर छाउगोठ भत्काएको छ। छाउगोठहरू पुननिर्माण हुन थालेको सूचनाका आधारमा टोली सोकट पुगेर १२ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्यलय अछामले बताएको छ। 

गत वर्ष नै गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने, सचेतना फैलाउने र अटेर गरे कानुनी कारबाही गर्ने निर्देशन गरेको थियो। स्थानीय स्तरमा पटकपटक छलफल गर्दा र कानुनबारे जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम र छाउगोठमा बस्न नरोकिएपछि प्रहरी प्रशासनले आफै गोठ भत्काउन पुगेको हो।

छाउगोठ भत्काउने अभियानमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापा लगायतको टोली गाउँगाउँमा पुगिरहेका छन्। गोठ भत्काउने सँगै कुप्रथाका बारेमा सचेतना समेत दिदै आएको प्रजिअ उपाध्यायले बताए।

‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा छ । असुरक्षित रूपमा बस्दा ज्यान जान्छ भन्ने पनि थाहा छ तर देउताकै कारणले गोठ र ओडारमा महिनावारी हुँदा बस्दै आएका छन्’ उनले भने। 

छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरेको ७ दिनमा २ सय ४४ छाउगोठ भत्काइएका छन्। जिल्लाका तुर्माखाँद, ढकारी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिकामा अभियान थालिएको हो। अन्य स्थानीय तहमा छिट्टै अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button