पाैष १५ हाेम साउद, अछाम
मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय सहितकाे टाेलिले मंगलसेन नगरपालिका वडानम्वर ३ मा तिखडा देखि चित्रे सडककाे स्तराेन्नति बारे स्थलगत अनुगमनदगरेकाे छ ।
सडक बाेर्ड नेपाल र प्रदेश सरकारकाे सहयाेग तथा मंगलसेन नगरपालिकाकाे साझेदारीमा स्तराेन्नति भएको सडककाे अनुगमन गरिएको हाे ।
सडकबाेर्ड नेपाल मार्फत१६ लाखकाे लागतमा तिखडा देखि धारकाट्टे सम्म २ किलोमिटर सडककाे स्तराेन्नति कार्य सम्पन्न भईसकेकाे छ भने प्रदेश सरकारकाे १५ लाख लागतमा धारकाट्टे देखि चित्रे सम्मकाे २ किलाेमिटर सडक स्तराेन्नति कार्य भैरहेकाे छ ।
अनुगमनका क्रममा ताेकिएकाे क्षेत्रमा सडक फराकिलाे बनाईएकाे, जालि भर्ने तथा अप्ठ्यारो ठाउमा साेलिङ गर्ने कार्य गरिएको छ ।
दुईवटै खण्डका उपभाेक्ता समितिलाई सडकलाई थप सुधारका लागि अनुगमन टाेलिले आवश्यक सुधार सहित निर्देशन दिएकाे छ ।
अनुगमन पश्चात् नगर उपप्रमुख उपाध्यायले सडककाे स्तराेन्नति पश्चात स्थानीयलाई यातायातमा सहज हुने बताउनुभयो । उहाँले ताेकिएकाे मापदण्डअनुसार दिगाे र भरपर्दो हुनेगरि कार्य गर्न उपभोक्ता समितिलाई निर्देशन गर्नुभयाे ।
स्थलगत अनुगमनमा वडानम्वर ३ का वडा अध्यक्ष पदम सिंह भाट, नगरपालिकाका ईञ्जिनियर खम्म केसि, सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख बिष्णु जैशि, र याेजना शाखाका सव ईञ्जिनियर झनक अधिकारी सहित उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय सराेकारवालाकाे सहभागीता रहेकाे नगरपालिकाका एम आई एस अपरेटर हाेम बहादुर साउदले जानकारी दिनुभयो ।