
वहसमाथि वहस गर्छौ सुनका कुरा
कुर्सिमाथि वहस गर्छौ सुनका कुरा
कर्णाली दुखेको छ, लिपुलेक, लिम्पियाधुरा
नूनमाथि वहस गर्छौ सुनका कुरा
सुदामा के छन्, कहाँ छन् थाहा छैन
कृष्णमाथि वहस गर्छौ सुनका कुरा
मदन हराउँछन, मुना हराउँछिन देशबाट
कुवेरमाथि वहस गर्छौ सुनका कुरा
अछाम