
काठमाण्डाै – आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो ।
भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
मे महिना नेपालमा मनसुन शुरु हुने संघारको समयमा भएकोले घाम लागिरहेको बेला पनि एक्कासि बादल आएर पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो पछि हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।