युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि भिल्लारियललाई

काठमाण्डाै – युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।

खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र  थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन्  त्यसपछि खेल पेनाल्टीमा गयो ।

१० वटा  पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । तर ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्ला रियलका रुल्लीले गोल गर्दै टिमलाई जिताए ।

कुनै पनि फुटबलमा २१ वटा पेनाल्टी बिरलै देख्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोल्याण्डमा भएको खेलमा झण्डै १० हजार दर्शकलाई मैदान प्रवेशको मौका दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker