
भानु ढकाल
देख्ने बित्तिकै तिर्मिराएका थिए अँखा
गलेको थियो शरीर
जङ्गे पिल्लर झै भासिएका थिए खुट्टा
बडो बेगसङ्ग उत्पन्न भएथ्यो मनमा ज्वार भाटा ……..
अनारका दाना जस्ता सरलक्क मिलेका दात
पट्ट भरिएको स्याउ जस्ता गुलाबी गाला
कोइलीको जस्तो सुमधुर बोली
हात्तीको जस्तो लचकदार हिडाइ
भर्खरै जन्मिएको बालकको कुर्कुचा जस्ता राताराता सुकुमार र पातला ओठ ………
बर्सौ अघि चाउमिन खादै गर्दा होटलमा देखेको थिए उनलाइ …
अनबिज्ञ छु , उनका सबै वैयक्तिक कुराहरुको बारेमा …
थाहा छैन नाम ठेगाना , घर थर र पेशा ब्यावसाय …
सिन्दुरे हुन या सिन्दुर बिहिन
ब्राह्मण ,क्षेत्री , जनजाति हुन या दलित
तर पनि………….
कुनै त्यस्तो दिन छैन , जुन दिन त्यो मुहार सम्झनामा नआएको होस ……
कुनै त्यस्तो रात पनि छैन , जुन रात त्यो मुहार सपनिमा नआएको होस ……
किन झल्किरहन्छ हरपल यी अँखामा त्यो उज्यालो मुहार…… ?
किन आइरहन्छ सपनिमा बर्सौ अघि एक झलक देखेको अपरिचित मान्छे …….?
किन बुन्छु म हजारौं सपनाहरु त्यही मुहार कल्पेर….
सायद / यहि हुनु पर्छ
निश्चल प्रेम
अन्धो प्रेम
एकोहोरो प्रेम
अपरीचित प्रेम………।