अत्याधिक रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको ज्यान गयो

कमल रावल, मंसिर १६ अछाम अछाम जिल्लामा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ । गएराति १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिनु भयो ।

हिजो सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ÷ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको डाक्टर भारद्धाजले बताउनु भयो

छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पुरयाईसकेपछी रक्तश्राव हुदा हुदै रगतको निकै अभाब हुदा रगतको ब्याबस्थान गर्दा गर्दै सुत्केरी महिलाको ज्यान बचाउन नसकीएको उहाँले बताउनु भयो नामसराको पेटको बच्चा नै पहीले मुत्यु भईसकेको बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button