इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसको बराबरी

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

आज बिहान भएको खेलमा युनाइटेड र क्रिस्टल प्यालेसले एक/एक गोलको बराबरी खेलेका हुन् ।

ब्रुनो फर्नान्डेसले खेलको ४३ औँ मिनेटमा गोल गरेपछि अग्रता लिएको युनाइटेडले अन्तिम समयमा गोल खायो ।

क्रिस्टल प्यालेसका मिचेल ओलिसले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यो बराबरीसँगै युनाइटेडको १९ खेलमा ३९ अंक भएको छ ।

युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस २३ अंकका साथ १२ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button