
मृतक विमितको परिवारलाई रकम भुक्तानी
अछाम : निर्धन उत्थान लघु बित्त वित्तिय संस्थाको मंगलसेन शाखाले मृतक विमितको परिवारलाई रकम भुक्तानी गरेको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलीको चिउरिका मृतक रत्ना शाहिका हकवाला उनका श्रिमान तपेन्द्र बहादुर शाहिलाई निर्धन उत्थान लघुवित्तिय संस्थाको सहयोग मार्फत वडा अध्यक्ष खकेन्द्र बहादुर रावलले चेक हस्तान्तरण गर्नुभएको हो ।
मृतक विमित शाहिको परिवारलाई ६ लाख ८८ हजार ८० रुपैया वरावरको चेक हस्तान्तरण गरिएको निर्धन उत्थान लघुवित्तिय संस्था मंगलसेन शाखाका प्रमुख रवि किरण गौतमले जानकारि दिनुभएको छ ।
चेक ग्रहण गर्दै मृतक शाहिका श्रिमान तपेन्द्र बहादुर शाहिले श्रिमती आफ्नो साथमा नभएपनि बिमा कम्पनि मार्फत आर्थिक सहयोग प्राप्त भएको भन्दै धन्यवाद दिएका छन् । आगामि दिनमा पनि आफु लगायत सम्पुर्ण परिवारले सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।
चेक हस्तान्तरण गर्दै शाखा प्रमुख गौतमले जिवन विमा गर्न भनेको भबिस्य सुरक्षि हुनेभएकाले हरेक व्यक्तिहरुले बिमा गर्न आवश्यक हुने भन्दै सबैले विमा कार्यक्रममा जोडिनुपर्ने सुझाव दिनुभएको छ ।
निर्धन उत्थान लघु बित्त वित्तिय सस्थाले यस भन्दा अघि पनि विमित व्यक्तिहरु विरामि भएमा आर्थिक सहयोग देखी असामहिक मृत्युभएका परिवारहरुलाई पनि सहयोग गरेको थियो । भने सामाजिक कार्यमा पनि सहयोग गर्ने कार्यमा सक्रियता बढाएको थियो ।
यस भन्दा अगाडी पनि निर्धन उत्थान लघुवित्तिय संस्थाले मंगलसेन नगरपालिका वडा नम्बर ६ को गंगा माध्यामिक विद्यालयमा ५ लाख बराबरको अक्षय कोष स्थापना गरेको थियो। जस मार्फत आर्थिक अवस्था कमजोर, अभिभावक विहिन वालवालिका जेहेन्दार विपन्न वर्गका विद्यार्थिहरुलाई अध्यनका लागि सहजता होस् भन्ने उद्देश्यका साथ अक्षय कोषको स्थापना गरिएको थियो ।
आगामि दिनमा पनि यस कार्य लाई निरन्तता दिने संस्थाले जनाएको छ । चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख रवि किरण गौतम, लेखापाल परेकराज शर्मा लगायत लघु बित्त वित्तीय संस्थामा आवद्ध सदस्यहरको सहभागीता रहेको थियो ।