संविधान माथि प्रहार गर्ने ब्यक्ति लोकतन्त्रवादी हुन सक्दैननः काग्रेस नेतृ संग्रौला

कमल रावल, फागुन ९ अछाम
नेपाली काग्रेसका केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलाले संविधान माथि प्रहार गर्ने ब्यक्ति लोकतन्त्रवादी हुन नसक्ने बताउनु भएको छ । जनताको लामो सघर्ष पछी आएको उपलब्धी नै धरापमा फाल्ने गरि लागेका ब्यक्ति अहीले आफुलाई संक्कली लोकतन्त्रवादी भएर बोल्दै हिडेको बताउनु भयो ।

सदरमुकाम मंगलसेनमा प्रेस युनियन जिल्ला कार्य समिती अछामले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघका पुर्ब अध्यक्ष तथा विगठीत प्रतिनीधी सभा सदस्य समेत रहनु भएकी नेतृ संग्रौलाले ३ बर्षसम्म आफु नियमीत प्रतिनीधीसभामा सहभागीता जनाउदा जनताका हरेक समस्या बारे पट्क पट्क सरकारको ध्यानाआकर्षण गराउदा पनी कुनै सुनुवाई नभएको बताउनु भयो ।

मंगलसेनमा गरिएकाे पत्रकार सम्मेलनमा ।

देशमा हत्या हिसां, अनिर्णयको बन्दी, भ्रष्टाचार, कुशासन, बलत्कार जस्ता जघन्य अपराध बढदै आएकाले यसका विरुद्ध आफ्नो पार्टि उठेको बताउनु भयो । यही सविधानका प्रत्येक धाराको आधारमा प्रधानमन्त्री, राष्ट्रपती बनेका ब्यक्ति नै मिच्दै हिडेकाले काग्रेस चरणबद्ध आन्दोलनमा अघि बढेको बताउनु भयो ।

बलात्कार पछी हत्या संंग्लनलाई सरकारले तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने, प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध तथा महिला र युवालाई पार्टिले प्राथमिकता दिनु पर्छ भन्ने अभियानका साथ अभियानमा अघि बढनु भएकी नेतृ संग्रौलाले सामाजिक मुद्दा उठान प्रत्येक नेताले गर्न सक्नु पर्ने बताउनु भयो ।

यतिबेला नेपाली काग्रेसले सरकारको समर्थन गरयोकी भन्ने भान जनता माझ गएको पत्रकारको प्रश्नको उत्तरमा संग्रौलाले नत सदन, नत सडक काग्रेसलाई आवश्यक नभएकोे तर्फ संकेत गर्दै सर्वोच्चको फैसला नै सर्वमान्य हुने बताउनु भयो ।

संविधानमा नभएको कुरा यतिबेला प्रधानमन्त्रीले गरेकाले संसद पुर्नस्थापना हुनुपर्छ भन्नेमा आफु दृढताका साथ लागी परेको बताउनु भयो । सर्वोच्चले गरेको निर्णयमा पार्टि पछी नहट्ने तर्फ संकेत गर्दै उहाँले काग्रेसका नेताले समेत गुटको नेता बन्नेकी राज नेता बन्ने बेला आएको बताउनु भयो । सविधानमा लेखिएको कुरा छोडेर प्रधानमन्त्री केपी शर्मा ओली जनता आफ्नो खल्तीको हुन सोचेर २ तिहाई देउ भनेर सडकमा हिडेकाले अहीले त्यो कुरा सविधानमा नभएको उल्लेख समेत गर्नु भयो ।

मंगलसेनमा गरिएकाे पत्रकार सम्मेलनमा ।

प्रेस युनियन अछामका अध्यक्ष टँक प्रसाद रिमालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लुम्बीनी प्रदेशका सासंद बिर्मला क्षेत्री, महिला संघका केन्द्रिय सदस्य गीर्जा न्यौपाने, पार्टीको महासमीती, महाधिबेशन, पदाधिकारी तथा जिल्ला सदस्य, पत्रकारको सहभागीता रहेको थियो । उपाध्यक्ष नमराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव शुसिल भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button