कोरोनाबाट बिहान मात्रै थप ४ जनाको मृत्यु

धनगढी :  कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। 

जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। 

३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो।

कोरोना पुस्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए। 

यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो। 

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button