अछाममा घाँस काट्ने क्रममा २ जनाको खसेर मृत्यु

शंकर थापा, अछाम : अछाममा घाँस काट्ने क्रममा खसेर २ जनाको ज्यान गएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनमा एक जना किशाेरी र वडा नम्वर ५ मा पुरुषको घाँस काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो ।

वडा नम्वर ४ बाटुलासेनमा रुखबाट घाँस काट्ने क्रममा १७ बर्षिया किसोरी लक्ष्मी विकको ज्यान गएको प्रहरीले जनाएको छ ।बाटुलासेनको हुडेतोलाकी विक सोमबार घाँस काट्नका लागि घरबाट गएकी र बिहानसम्म पनि नफर्के पछि खोजि गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले बताएका छन् ।

यसैगरि वडा नम्बर ५ रामारोशनको मैठामाडु निवासी ६५ बर्षिया जोगि बटालाको पनि रुखको घाँस काट्ने क्रममा नै खसेर ज्यान गएको छ ।

स्थानिय जोशिला साउँदका अनुसार वडाको सालिमकोट भन्ने स्थानमा भैँसिलाई घाँस काट्न गएका उहाँको रुख बाट खसेर घटना स्थलमै ज्यान गएको हो ।

पछिल्लो समय अछाम जिल्लामा बर्खायामको समयमा बिभिन्न खालका घटनामा वृद्धि भएका छन् । ग्रामिण भेगमा प्राय: गाई बस्तु चराउन जाँदा र घाँस काट्ने क्रममा भिर, रुखबाट चिप्लीएर अकालमा ज्यान गुमाउनको संख्या बढिरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button