
धनगढीमा बस्दै आएका अछामका एक विद्यार्थी बेपत्ता
धनगढी: धनगढीमा बस्दै आएका एक विद्यार्थी ७ दिनदेखि बेपत्ता भएका छन्। कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत प्रशान्त भण्डारी ७ दिनदेखि बेपत्ता भएको उनका आफन्तले बताएका छन्।
अछामको मंगलसेन नगरपालिका–११ खिमाडा घर भएका भण्डारी धनगढीको क्याम्पस रोडमा डेरा गरी बस्दै आएका थिए। बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रशान्त भण्डारीका आफन्तले कसैले उनलाई कतै देखे अथवा भेटेमा ९८४८६९०८१४, ९८४२१७९२४३ र ९८६८५३८६०८ मा सम्पर्क गर्न आग्रह गरेका छन्।