वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन

काठमाण्डाै – वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ। उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

गएको वैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उहाँ बाल साहित्यमा सक्रिय हुनुहुन्थ्यो । सयौँ किताबको कभर डिजाइन गर्नु भएका उहाँले पछिल्लो समय काठमाण्डौ महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोर्नु भएको थियो।

चित्रकला विधामा पनि इलस्ट्रेसनमा दक्षता राख्नु हुने उहाँले  वर्ल्ड भिजन, आइयूसीएनलगायत सङ्घसंस्थामा आबद्ध  भएर पनि काम गर्नु भएको थियो। https://ujyaaloonline.com/ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button