अछामका बाढिपिडितले क्षेतिपुर्तिको लागि अझै कति वर्ष कुर्ने सरकार ?

अछाम : राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले अछामका विभिन्न पालिकाका वाढिपिडित परिवारले अहिलेसम्म कुनै क्षेतिपूर्ति नपाएकोमा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गर्नुभएको छ ।

राष्ट्रियसभाको वैठकमा वोल्दै राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले अछामका बाढिपिडितले क्षेतिपुर्तिको लागि दुई वर्ष विताएपनि सरकारले राहतको लागि कुनै ध्यान नदिएकोमा सरकारको चर्का आलोचना गर्नुभएको छ ।

अछामका बाढिपिडितले क्षेतिपुर्तिको आशामा दुई वर्ष बिताए, अझै कति वर्ष कुर्नु पर्ला भनेर सरकारलाई प्रश्न गर्नुभयो । राष्ट्रिय सभा सदस्य कुँवरले मेल्लेख गाउँपालिका वडा नं.५ विन्देवासीनिको सहरानीका वासिन्दा गाउँमाथि आएको पहिरोका कारण दुई हप्तादेखि सडकमूनी वास भएपनि त्यसतर्फ सरकारको ध्यान नगएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

उहाँले सहरानीको ५१ परिवार सडकमुनी पालको साहरा दिन रात कटाउन वाध्य भएका छन्, उहाँहरुको पूर्नस्थापना कहिले हुन्छ भनेर सरकारको जवाफ माग्नुभयो । 

यस्तै रामारोशन गाउँपालिका वडा नं.७ सुतारका केही स्थानीवासिन्दा ७ वर्षदेखि सुख्खा पहिरोका कारण विस्थापति भएपनि सरकारको ध्यान नगएको भन्दै वस्ति स्थान्तरणको लागि माग गर्नुभएको छ । गत वर्ष रामारोशन गाउँपालिका वडा नं.५ रामारोशनको सैनीवजारमा वाढीका कारण ठूलो धनजनको क्षेति, करौडो भौतिक संरचना बगाएको भएपनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान नगएको भन्दै आक्रोस पोख्नुभयो । सैनिवजारका पिडित परिवारको पूर्नस्थापनाको लागि माग गर्नुभएको छ । 

यस्तै उहाँले  जिल्लाको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा पनि वर्षाका कारण भएको क्षेतिको विवरण संकलन भएपनि राहतका कार्यक्रम ल्याउन नसकेको भन्दै तत्काल राहतका कार्यक्रम ल्याउन माग गर्नुभएको छ । 

राष्ट्रिय सभा सदस्य कुँवरले दार्चुलाको तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गर्नुभयो । उहाँले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग गर्नुभयो ।

प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताउँदै आएको भएपनि सरकार मुकदर्शक बनेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । उहाँले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button